• Sunday 1st of November 2026

दिल्लीमा केजरीवालको हारपछि रविको तस्बिर जोडेर महेशले के लेखे ?


  • धनकुटा खबर
  • .

अहिले दिल्लीको विधानसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ। सो क्रममा आम आदमी पार्टी (आप) का संस्थापक तथा संयोजक अरविन्द केजरीवालले नयाँ दिल्ली सिटबाट पराजय भोग्नु परेको छ।

यसै प्रसंगलाई लिएर नेकपा एमालेका नेता महेश बस्नेतले टिप्पणी गरेका छन्। बस्नेतले शनिबार सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन्।

उनले भारतमा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको बताउँदै नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्‍यक्ति र पार्टी हराउने कुरा निश्चितै भएको बताएका हुन्।

केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुने बस्नेतले टिप्पणी गरे।

उनले लेखेका छन्, ‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ।’-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖