• Monday 5th of October 2026

अलराउण्डर दिपेन्द्र सिंह ऐरीले धनगढीबाट अर्जुन ट्रफी खेल्ने


  • धनकुटा खबर
  • .

धनगढी,माघ २६। नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्न भएका छन्।धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टीमबाट खेलाउने भएको हो।

प्रतियोगिताको दोस्रो सेमिफाईनलमा भोलि डिसिए धनगढीले सिवाईसी अत्तरियासँग खेल्दैछ। भोलिको खेल रोमाञ्चक हुने भएको छ। डिसिएबाट दिपेन्द्र सिंह ऐरी, ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन्। अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरू रहेका छन्। दुबै टोलीहरूको खेल प्रतिस्पर्धात्मक हुने भएको छ।

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिता भईरहेको छ।गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖