• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बुढानीलकण्ठको एक घरमा प्रहरीको छापा, केही मानिस नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ ।

आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने केही मानिसलाई नियन्त्रणमा लिएको छ ।

अहिले अपरेशनको काम भइरहेकाले थप विवरण आउन बाँकी छ । यस विषयमा विशेष पत्रकार सम्मेल गरेर जानकारी गराउने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖