• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गाउँमा रहस्यमय चिठ्ठी आउन थालेपछि मानिसहरु आत्तिएर भागाभाग


  • धनकुटा खबर
  • .

एजेन्सी । बेलायतको पूर्वी योर्कशायरबाट केही अनौठो र डरलाग्दो खबर आएको छ।

विगत २ वर्षदेखि यहाँको शिप्टनथोर्प गाउँका प्रायः सबैलाई अज्ञात चिठ्ठीहरू आइरहेका छन्। यी चिठ्ठीमा अश्लील कुरा र व्यक्तिगत आक्षेपहरू हुन्छन्। मिररको रिपोर्टअनुसार हम्बरसाइड पुलिसले धम्की र दुर्व्यवहारले भरिएका पत्रहरूको यो अनौठो केसको अनुसन्धान गरिरहेको छ।

नाम नबताउने सर्तमा एक स्थानीय महिला ‘सोफी’ले भनेअनुसार सन् २०२२ को डिसेम्बरमा यस्तो पत्र पाएपछि उनी स्तब्ध भइन्। त्यतिबेला उनी वडा पार्षदका रूपमा काम गरिरहेकी थिइन् र उक्त पत्रको विषयवस्तु चिन्ताजनक थियो । उनले यसबारे बीबीसीसँग कुरा गरिन्। उनका अनुसार पत्र लेख्ने व्यक्तिले उनलाई चरित्रहीन भनेका थिए।

हम्बरसाइड पुलिसले बीबीसीलाई यी पत्रहरूको बारेमा जानकारी प्राप्त गरेको पुष्टि गरेको छ । त्यसबेला यस विषयमा छानबिन गरिएको थियो, जसमा सीसीटीभी क्यामेरा पनि जाँच गरिएको थियो । तर, केही फेला परेन र अनुसन्धान जारी छ।

हम्बरसाइड पुलिसले पछि भनेअनुसार उनीहरूले सोफीलाई सुरक्षा सल्लाह दिएका थिए। सोफी बाहेक अन्य गाउँलेहरुले पनि यस्ता उत्पीडन गर्ने पत्र पाएका छन् । लेखकले एक व्यक्तिलाई पत्रमा लेखेका थिए, ‘तपाईंलाई क्यान्सर जस्तो गम्भीर रोग लाग्नेछ।’ यी गुमनाम चिठीको डरले मानिसहरु गाउँ छोड्न थालेका छन् ।

यो घटनाले १९२० को कुख्यात लिटलह्याम्प्टन घटनाको सम्झना दिलाउँछ। यहाँ पनि मानिसहरूले यस्तै डरलाग्दो चिठीहरू प्राप्त गरिरहेका थिए। घटनाका कारण लामो समयसम्म क्षेत्रमा सनसनी मच्चिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖