बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार किशोरीलाई शनिबार बेलुकी पसलमा बोलाएर विक र अर्का किशोरले ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ ।
आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका आइतबार नै दुवै आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ।
