• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी भीमफेदीमा पल्टियो ग्यास बुलेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका १ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो ।

दुर्घटनाका कारण उक्त सडकमा एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो ।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖