• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँको चाबहिलमा दुई समूहबीच झडप, एक युवकको हत्या !


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट एक युवकको हत्या भएको प्रहरीले बताएको छ । ती युवकको छातीमा चोट लागेको प्रहरी स्रोतले जानकारी दियो । मृतक काभ्रे घर भएका २२ वर्षीय अमृत कार्की छन् ।

छुरा प्रहारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । । तर पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण भोलि ९मंगलबार० मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖