• Sunday 1st of November 2026

एमाले र ओलीजीको बारेमा केही पनि नभन्ने भनेर देउवाले भनेको शेखरको आरोप, ६ वटा अध्यादेश आउँदा कसरी सही भयो ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको भन्दै अहिले ल्याएका ६ वटा अध्यादेशको विरोध गरेका छन् । तर, एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा केही पनि नभन्ने भनेर सभापति शेरबहादुरले देउवाले आफूलाई भनेको उनको खुलासा छ ।

आज जिपी फाउण्डेशनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस र एमालेजस्ता संसद्का ठूला दल नै मिलेर सरकार बनाउनु गलत भएको र यसरी मिल्दा निरंकुशता जन्मिने मान्यता रहेको विश्वपरिवेश सुनाए । उनले भने,‘संसद्का दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुन सक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस भन्नका लागि मैले सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिकली पनि भनिसकेँ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतीय हिसाबले जानुपर्छ ।’

उनले भोलि निर्वाचनमा एमालेसँग नै मुख्य प्रतिष्पर्धा हुने कुरा स्मरण गर्दै अहिले एमाले नेतृत्वको सरकारले गरेका गलत काम जनतासमक्ष लैजानुपर्ने मत राखे । उनले भने,‘भोलिनिर्वाचनमा हामी एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई हामीले पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने हामी कमजोर हुन्छौं । हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ? एमालेलाई–ओलीजीलाई केही पनि नभन्ने । त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन हामीले गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖