• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुर,माघ २९। कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सु.प.प्र. ०१०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलसँग ठोक्किएर दुर्घटना हुँदा भीमदत्त नगरपालिका १३ का २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖