नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ।
गए राति साढे ११ बजे सदरमुकाम चैनपुर नजिकैको देविस्थान होटलमा विनोद कठायतको समूहले उनलाई बोलाएर आक्रमण गरेको हो।
घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ र उनलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको छ।
प्रहरीले तीन जना संलग्न व्यक्तिहरू विनोद कठायत, शितल कठायत र नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
