• Sunday 1st of November 2026

पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

पाण्डेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले मागबमोजिमको आदेश दिन अवस्वीकार गरेको हो ।

सो मुद्दा न्यायाधीशद्वय सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलास सुनुवाइ भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी पनि थुनामै छन् ।

सो प्रकरणमा पक्राउ परेका हाइप्रोफाइल नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖