• Sunday 1st of November 2026

गिरीबन्धुको कुरा मैले लगातार उठाइराखेको छु, बालेनजीले पनि उठाउनुभयो, त्यो राम्रो भयोः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले गिरीबन्धु टी स्टेटको विषय सदन र सदनबाहिर लगातार उठाइरहेको बताएका छन् ।

आज (मंगलबार) कर्णाली प्रदेशको सुर्खेतमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गिरीबन्धुका बारेमा आफूले लगातार विषय उठान गरिरहेको र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि उक्त कुरा उठान गरेर धेरै राम्रो गरेको बताए ।

ृउनले भने, ‘गिरीबन्धुको कुरा मैले लगातार सदनमा पनि उठाइराखेको छु । बाहिर पनि उठाइराखेको छु । बालेनजीले पनि उठाउनुभयो भने त्यो राम्रो कुरा भयो । हामी सबै मिलेर त्यसको प्रतिवाद गर्ने कुरा हो ।’

साथै, गिरीबन्धुको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नगरेको विषयमा पुनः रिट परेको बताउँदै प्रचण्डले त्यस सम्बन्धमा सही निर्णय आउने विश्वास व्यक्त गरे । ‘अदालतले फैसला गरिसकेको छु । त्यो फैसला कार्यान्वयन नगरेकोमा फेरि अहिले मुद्दा परेको छु । त्यो मुद्दामा मलाई लाग्छ अदालतले सही नै फैसला गर्छ भन्ने मैले ठानेको छु । हामी धेरैको कुरा मिलेको छ यो विषय हामी उठाइनै राख्छौं,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖