• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

धारिलो हतियारले काटिएको अवस्थामा तीन जनाको शव फेला


  • धनकुटा खबर
  • .

रुकुम पूर्व- रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ ।
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई धारिलो हतियारले काटिएकाे अवस्थामा शवहरु फेला परेका हुन।

भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६० वर्षीय ढाटी बुढामगर र उनको नाति ८ महिनाको सिजन बुढामगरलाई घरेलु हतियार खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

फरार रहेका चन्द्रसिङ पुनमगरलाई खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको डिएसपी खरेलले बताउनुभयो ।

वडा अध्यक्ष श्यामप्रसाद बुढामगरका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएकाे व्यक्तिको पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ ।

यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिम बहादुर खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖