• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विद्यार्थीलाई तातो पन्यूले डामेको आरोपमा शिक्षिका पक्राउ


  • धनकुटा खबर
  • .

विद्यार्थीलाई तातो पन्यूले गालामा डामेको आरोपमा तनहुँको भिमाद नगरपालिका प्रभात एकेडेमी बोर्डिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठ पक्राउ परेकी छन्।

कक्षा कोठामा ३ जना विद्यार्थीलाई तातो पन्यूले डामेको भन्दै अभिभावकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको तनहुँ प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर राजु अधिकारीले जानकारी दिए।

कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको भन्दै मंगलबार शिक्षिका श्रेष्ठले विद्यार्थीको गालामा तातो पन्यूले डामेकी थिइन्।

उनलाई बुधबार पक्राउ गरेर जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको इन्स्पेक्टर अधिकारीले बताए।

‘विद्यार्थीलाई सजाय दिन कक्षा कोठामा पन्यूले विद्यार्थीको गालामा डामेको उजुरी आएपछि हामीले सम्बन्धित शिक्षकलाई पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट ५ दिन समय पाएका छौं,’ उनले भने, ‘बालबालिका विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएका छौं।’

प्रारम्भिक बयानमा श्रेष्ठले नियतबश आफूले विद्यार्थीको गाला नडामेको बताएकी छन्। इन्स्पेक्टर अधिकारीका अनुसार विद्यार्थीले होहल्ला गरेपछि सम्हाल्ने क्रममा पन्यूले उनीहरूलाई लागेको उनले बताएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖