• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गाउँपालिकाले फागुन १ गते दियो सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचना जारी गर्दै पालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो ।

१ फागुन २०५२ बाट सुरु भएको जनयुद्धको फलस्वरूप एकात्मक केन्द्रीकृत राज्य संरचनालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा आम नागरिकको हक अधिकार सुनिश्चित गर्न सफल भएको स्मरणमा १ फागुनमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

नागरिकले संविधान सभा मार्फत आफ्नो संविधान आफैँ निर्माण गर्न पाउनु पर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्ध बनेको पालिकाका अध्यक्ष सर्केश घलानद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

जनयुद्धका सहिद, बेपत्ता तथा घाइते भएका परिवारजनहरुप्रति उच्च सम्मान प्रकट गर्न बागमती गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरू बाहेकका सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्था, विभिन्न संघ–संस्थाहरूमा फागुन १ गते सार्वजनिक बिदा दिइएको सूचनामाफर्त जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖