• Sunday 1st of November 2026

जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलरः


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० माघ । नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै कमिटीहरुमा सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताको साथ मनाउन भनेको छ ।

आज (बुधबार) माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् ।

माअ‍ोवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । भोलि (फागुन १ गते) माओवादीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस बनाउने तयारी थालेको छ । तत्कालनीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो ।

सोही दिनको सम्झनामा भोलि माओवादीले ३०औं जनयुद्ध दिवस मनाउँदै छ । File Photo/RN

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖