• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विद्यार्थीले ‘काली’ भनेको आक्रोशमा चार विद्यार्थीको गालामा तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । तातो पन्यूले विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ । भिमाद नगरपालिकास्थित प्रभात एकेडेमी (बोर्डिङ स्कुल) की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

कक्षामा होहल्ला गरेको भन्दै उनले बुधबार चारमा अध्यनरत चार जना विद्यार्थीलाई पन्यू तताएर गालामा डामेकी थिइन् । शिक्षिकाले आफूलाई विद्यार्थीले काली भनेको आक्रोशमा पन्यूले डामेको बताएको प्रहरीले जनाएको छ ।

पन्यू तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना विद्यार्थीलाई पनि त्यसैगरि डामे पनि धेरै चोट नलागेको बताइएको छ ।

कक्षा सातसम्म पढाइ हुने उक्त स्कुलका सञ्चालक कृष्ण श्रेष्ठ हुन् । पक्राउ परेकी सुष्मा उनकी छोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖