• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेटर ऋषभ पन्तलाई सवारी दुर्घटनाबाट उद्धार गरी ज्यान बचाउने युवकले आफ्नी प्रेमिकासँगै विष पिएका छन्।

भारतीय पत्रिका आजतकका अनुसार २५ वर्षीय रजत कुमारले २१ वर्षीया प्रेमिका मन्नु कश्यपसँगै विष पिएका हुन्।

प्रेमिका मन्नुको उपचारका क्रममा मृत्यु भयो भने रजत रुडकीको एक निजी अस्पतालमा उपचाररत छन्।

रजत र मन्नु फरक समुदायका भएकाले केटीको परिवारले उनीहरूको प्रेम सम्बन्ध स्वीकार नगरेका कारण उनीहरूले सँग मर्ने योजनाका साथ विष पिएको बताइएको छ। परिवारले केटीको विवाह अर्कैसँग गरिदिन लागेका थिए।

सन् २०२२ डिसेम्बरमा हरिद्वारको गुरुकुल नरसनमा सवारी दुर्घटनामा परेका क्रिकेटर ऋषभ पन्तलाई रजत र उनकै गाउँका अर्का युवक निशुले उद्धार गरी बचाएका थिए।

कारखानाबाट आफ्नो गाउँ फर्कंदै गर्दा उनीहरूले ऋषभ पन्तलाई दुर्घटनाग्रस्त जलिरहेको कारबाट निकालेर अस्पताल पुर्‍याएका थिए।

यसबापत ऋषभ पन्तले रजत र निशुलाई एक/एकवटा स्कुटर उपहारसमेत दिएका थिए।

त्यसपछि ऋषभले सामाजिक सञ्जालमा पोस्ट गर्दै रजत र निशुलाई धन्यवाद दिएका थिए।

उनले लेखेका थिए, ‘म सबैलाई व्यक्तिगत रूपमा धन्यवाद दिन सक्दिनँ, तर मेरो दुर्घटनाको समयमा मलाई मद्दत गर्ने र मलाई सुरक्षित रूपमा अस्पताल पुर्‍याउने यी दुई नायकप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ। धन्यवाद, रजत कुमार र निशु कुमार। म तपाईंहरूप्रति सधैँ आभारी र ऋणी रहनेछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖