• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सर्लाहीमा बस दुर्घटना, १५ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना.७ ख ३६४३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । बर्दिवासमा आयोजित लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आएकाहरू सवार बस दुर्घटना भएको हो ।

तीव्र गतिको कारण अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि लालबन्दीतर्फ पठाइएको छ । बस चालक फरार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖