• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ।

आज प्रतितोला ४०० रुपैयाँले बढेको नेपाली सुनसाँची व्यवसायी महासंघले जनाएको छ। बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो। चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖