• Tuesday 6th of October 2026

चक्कु प्रहारबाट घाइते भएका हुसेनको केएमसी अस्पतालमा उपचार हुँदै, यस्तो छ घटनास्थल


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ असोज । काठमाडौंको गौशालामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् ।

सोमबार गौशालामा एक अज्ञात समूहले कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको प्रहरीले जनाएको छ । घाइते हुसेनको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । भने, चक्कु प्रहरा गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖