• Monday 5th of October 2026

एक महिना नबित्दै नेपालको भारतसंग भेट, चक्मा दिने योजना !


  • धनकुटा खबर
  • .

काठमाडौँ – १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत क्वाटरफाइनलमा नेपालले सामना गर्ने टोलीको टुंगो लागेको छ। सोमबार बिहान लक्की ड्र मार्फत नेपालले सामना गर्ने टोलीको टुंगो लगाइएको हो।

लक्की ड्र को नतिजा अनुसार नेपालले क्वाटरफाइनलमा भारतको सामना गर्ने भएको छ। नेपाल र भारत बीचको खेल मंगलबारको लागि तय भएको छ। खेल नेपाली समय अनुसार पौने ७ बजे सुरु हुनेछ।

टि २० आईमा नेपाल र भारत बीच भेट हुन लागेको यो पहिलो पटक हो। यस भन्दा अगाडी नेपाल र भारत बीच एकदिवसीय क्रिकेटमा मात्र भेट भएको थियो।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो। उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। सो खेलमा नेपालले राम्रो ब्याटिङ गरेको थियो।

क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने तय भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖