• Monday 5th of October 2026

प्रिमियर लिगमा लिभरपुलको जित, युनाइटेडको बाह्रौं हार


  • धनकुटा खबर
  • .

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुलले जित निकालेको छ।

उपाधि यात्रामा रहेको लिभरपुलले वल्भसलाई २-१ गोलले पराजित गरेको हो।

लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरेका थिए। वल्भ्सका माथिअस कुन्हाले एक गोल फर्काएका थिए

जितसँगै लिभरपुल ६० अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको आर्सनलको ५३ अंक रहेको छ।

यस्तै, आइतबार भएको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्ता गरेको हो। स्पर्सको जितमा मिडफिल्डर जेम्स म्याडेसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक भएको थियो।

उनले खेलको १३ औं मिनेटमा गोलरक्षक आन्द्रे ओनानाले लुकास बर्ग्वलको प्रहार बचाउने क्रममा फर्काएको बललाई गोलमा परिणत गरेका थिए।

यस जितसँगै टोटेनहम अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ। टोटेनहमको २५ खेलमा ३० अंक रहेको छ।

युनाइटेड भने २९ अंकका साथ १५ औं स्थानमा छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖