• Monday 5th of October 2026

अष्ट्रेलिया भासिएका बिमल एनएसएल खेल्न नेपाल आउने


  • धनकुटा खबर
  • .

काठमाडौं । हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन् ।

बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लवले उनलाई मार्की खेलाडीका रुपमा अनुवन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।

अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लवलाई धन्यवाद दिएका छन् ।

बिमलको स्टाटस यस्तो छः

जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् !! उमेरको बढ्दाे क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देश प्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे !! तर पनि मलाई माया गरेर पुन: मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयर (Iconic Player) को रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफ.सिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु !!

यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहान्छु !! जय नेपाल जय नेपाली फुटबल !!

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖