• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भारतीय कलेजमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साल को हुन्?


  • धनकुटा खबर
  • .

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी छन्। ओडिसाको भुवनेश्वरस्थित कलेज होस्टलमा बस्दै आएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।

कलेज प्रशासनले उनको मृत्यु आत्महत्या भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ। तर, भारतीय पत्रिका संवादका अनुसार, उनी आफ्नै पुरुष साथीबाट दुर्व्यवहारको शिकार भएकी थिइन्। सामाजिक सञ्जालमा भाइरल भएको थ्रेड अनुसार, लम्सालले मानसिक तनाव झेलिरहेको बताउँदै कलेज प्रशासनलाई गुनासो गरेकी थिइन्, तर प्रशासनले कुनै कदम नचालेको आरोप छ।

थ्रेडमा उल्लेख भएअनुसार, “उनले कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (IRO) सँग भेटेर दुर्व्यवहारको विषयमा गुनासो गरेकी थिइन्। तर, प्रशासनले नजरअन्दाज गरेपछि उनलाई जोगिन मुस्किल भयो।”

यो घटनापछि कलेजका अन्य नेपाली विद्यार्थीहरूले प्रदर्शन गर्न खोज्दा सुरक्षागार्ड र होस्टल वार्डेनले दबाउने प्रयास गरेको बताइएको छ। विरोध चर्किएपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ। घटनापछि नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले परिस्थिति सामान्य नभएसम्म बिदामा बस्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖