• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कालीमाटी तरकारी बजारमा एक जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ- काठमाडौँको कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ। तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र शरीरमा चोटपटक देखिएको छ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कुटपिटबाट दाहालको हत्या भएको प्रहरीको अनुमान छ।

पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖