• Tuesday 6th of October 2026

एमाले कोशी अधिवेशन: घनश्याम खतिवडालाई सुरूआती अग्रता


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) कोशी अधिवेशनको मतगणना जारी छ।
अध्यक्षमा घनश्याम खतिवडाले १४१ मत ल्याएका छन् भने विनोद ढकालले १२१ मत ल्याएका छन्।

सोमबार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।

अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्। सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖