• Tuesday 6th of October 2026

गुलाबजंग शाहको जित सुनिश्चित


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।

५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् ।

१०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् ।

अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖