• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हाजिरी जमानीमा रिहा भए बेलुनमा ग्यास भर्ने कमलेश


  • धनकुटा खबर
  • .

पोखरा भ्रमण वर्ष- २०८० को उद्घाटन समारोहमा बेलुन विस्फोट भएपछि पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार उनलाई छाड्ने आदेश दिएको हो।

फागुन ३ गते पोखराको सभागृहमा आयोजित उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

विस्फोटका कारण मेयर आचार्यको गाला र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा घाउ लागेको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो। जहाँ उपचारपछि दुवैलाई डिस्चार्ज गरिएको छ।

प्रहरीले घटनापछि ४१ वर्षीय कमलेश कुमारलाई फागुन ६ गते पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले बिना कुनै आधिकारिक अनुमति हाइड्रोजन ग्यास उत्पादन गरी बेलुनमा भरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका कुमार आफैंले ग्यास उत्पादन गर्ने गर्थे। उनीबाट बरामद कच्चा पदार्थको नमूना प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

कुमारलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖