• Tuesday 6th of October 2026

एमाले कर्णालीमा गुलाबजंग बिजयी ,बन्यो यस्तो टीम


  • धनकुटा खबर
  • .

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन्। शाह ३६९ मत ल्याएर विजयी भएका हुन्।

अन्तिम परिणामअनुसार कुल ६०४ मत खसेको थियो। जसमा सदर मत ५८० र बदर मत २४ थियो।

शाहले ३६९ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले २०७ मत पाएका छन्। अध्यक्षकै उम्मेदवार प्रकाश रोकायले भने जम्मा चार मत पाए।

उपाध्यक्ष पदमा टेकराज पछाई ३४२ मतसहित विजयी भएका छन्। पछाई गुलाबजंग शाहका प्यानलका हुन्।

उपाध्यक्षका उम्मेदवार दानसिंह परिवारले ५९ र लालबहादुर महताराले १७६ मत पाए।

त्यस्तै ४०६ मतसहित सचिवमा ध्रुवबहादुर शाही विजयी भएका छन्। सचिवका अर्का उम्मेदवार रूद्रबहादुर शाहीले १६९ मत पाए।

उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मत ल्याए। त्यस्तै रमेशकुमार शाहीले २६६, पद्मा खड्काले १५१, मेनक पछाईले ९६, तेजकुमार विकले ७७, धीरेन्द्र गिरीले ५२, नारायणबहादुर शाहले ३४ र बखतबहादुर भण्डारीले ३४ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖