• Tuesday 6th of October 2026

प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।

कार्कीलाई हुन सजाय निर्धारण हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖