• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पहिरोले करिब ३० मिटर पुरियो, सडकमा विशाल ढुंगा


  • धनकुटा खबर
  • .

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

पहिरोले करिब ३० मिटर सडक पुरिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए ।

उनका अनुसार आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको हो । पहिरोपछि सडकमा ठुला ठुला ढुंगा थुप्रिएका छन् ।

पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖