काठमाडौँ – सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत्युको रहस्य खुलेको छ । अर्का इन्स्पेक्टर विवेक जोशीले महतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा किटानी जाहेरी परेको छ ।
महतभन्दा एक व्याज सिनियर जोशी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सुदस्यीय छानबिन समिति गठन भएको छ । सन्तोषीका परिवारले भने आत्महत्या दुरुत्साहनको आरोपमा अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएका छन्।उनी महतभन्दा एक ब्याच सिनियर हुन्। उनीविरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ।
इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन्। सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्।
सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्। जवानमै हुँदा २०७८ सालमा असई बनेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।
