• Monday 5th of October 2026

दीपेन्द्रले लिए भारतीय कप्तानको विकेट


  • धनकुटा खबर
  • .

हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ।

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ।

खेलमा नेपालले भारतको पहिलो विकेट लिएको छ। भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका छन्। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको छ।
भारतका ओपनर यसश्वी जैसवालले ३६ बलमा ७३ रन जोडिसकेका छन्।

नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो।

नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन।

तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरुद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖