• Tuesday 6th of October 2026

गोविन्दाविरुद्ध सुनिताको सम्बन्धविच्छेद निवेदन, पशुपतिनाथ मन्दिर कनेक्सन के हो?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीच मेलमिलाप भएको छ। अभिनेताका वकिल ललित विन्दलले बुधबार दिएको जानकारी अनुसार, ६ महिनापछि सम्बन्धविच्छेदका लागि दिएको निवेदन फिर्ता लिइएको छ। पारिवारिक अदालतमा पेश गरिएको निवेदनलाई उनीहरूले आपसी सहमतिमा फिर्ता लिएका हुन्।

वकिलका अनुसार, गोविन्दा र सुनिताले यो वर्ष नयाँ वर्ष नेपालमा मनाएका थिए। उनीहरूले पशुपतिनाथ मन्दिरमा पूजा गरेका थिए। उनले भने, ‘दम्पतीबीच कहिलेकाहीं यस्ता समस्याहरू आउँछन्, तर अहिले सबै ठीक छ।’

गोविन्दाका प्रबन्धक (म्यानेजर) शशी सिन्हाले गोविन्दा र सुनिताबीचको विवादलाई ‘पब्लिसिटी स्टन्ट’ मात्र भएको बताएका छन्। उनले बुधबार दैनिक भास्करसँगको कुराकानीमा भने, ‘गोविन्दा फिल्म बनाइरहेका छन्, तर सुनिता फिल्म बनाउने पक्षमा छैनन्।’

मिडिया रिपोर्टहरूमा ६१ वर्षीय गोविन्दाको ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयर रहेको दाबी गरिएको छ। यसै कारण सुनिताले विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेदको सोच बनाएको बताइन्छ। तर, सुनिताले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएकी छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖