काठमाडौ । भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर गराएको ५.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्पले काठमाडौंसहित नेपालका धेरै भूभाग, चीन र भारतसम्म धक्का महशुस गराएको छ । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।
भूकम्पको क्षतिको विवरण अपडेट भइरहेको छ ।
