• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै,कस्तो छ अवस्था ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ ।

नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको रातोपाटीलाई बताए । उनले भने, ‘डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ । उहाँको आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।’ उनले पारसले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।

अस्पतालले पारसको एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖