• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शिवपुरी जंगलमा मृत भेटिए एक पुरूष


  • धनकुटा खबर
  • .

काठमाडौं शिवपुरी जंगलमा एक पुरूष मृत भेटिएका छन्।

तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका हुन्।

उनलाई मंगलबार तार्केश्वर नगरपालिका-३ को पाँचमाने शिवपुरी जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनी फागुन १० गतेदेखि हराइरहेको परिवारले बताएका छन्। उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी बोहोराले बताए।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖