• Sunday 1st of November 2026

प्रचण्ड भोलि सिमरा ओर्लिने, रोकिएको अभियान पूनः सुचारु हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भोलि मधेश झर्ने भएका छन् ।

यसअघि पार्टीको स्थगन् गरिएको ‘जनतासँग माओवादी’ अभियान सुचारु गर्न दाहाल भोलि (बुधबार) सिमरा झर्ने भएका हुन् । दाहालको सचिवालयले जनाएअनुसार रोकिएको अभियान अब बाराबाट पूनः सुरु हुने भएको हो ।

अभियान चैत्र ७ गते बिहीबारबाट सुरु गरिने जनाईएको छ । काठमाडौंमा राजावादीहरुको प्रदर्शनपछि माओवादी नेतृत्व काठमाडौंकेन्द्रित भएको थियो । प्रचण्डले संसद्मा समेत सम्बोधन गरिसकेका छन् ।

यस्तै, समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिनको लागि चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖