• Sunday 1st of November 2026

काठमाडौँमै घर भएका पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले बुझ्छन् सरकारबाट लाखौं घर भाडा


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँमा घर भएका पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीलाई सरकारले लाखौं रकम घर भाडा र अन्य खर्चका रूपमा उपलब्ध गराएको छ।

गत आर्थिक वर्षमा यादवको लागि ४६ लाख २५ हजार ६१५ रुपैयाँ र भण्डारीका लागि ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरिएको छ।

यसमा तलब, घर भाडा, कर्मचारीको तलब, बिजुली र पानीको खर्च समावेश छ।

यी पूर्वराष्ट्रपतिलाई सरकारले एक उपसचिव, हलुका सवारी चालक र कार्यालय सहयोगी उपलब्ध गराएको छ, र दुवैका लागि मासिक रूपमा भाडा भुक्तानी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖