• Friday 30th of October 2026

स्वागत नेपाल रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले अधिवक्ता स्वागत नेपाललाई रिहा गरेको छ ।

राजावादीले शुक्रबार राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेपनि प्रहरीले उनको संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल राज बोहराले घटना भएको दिन उनी परीक्षामा रहेको पुष्टि भएकाले रिहा गरिएको बताए । नेपाललाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रवक्ता भनेर प्रचार गरिँदै आएको छ ।

उनी शुक्रबार नै पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖