• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इटहरीमा भेटियो दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी


  • धनकुटा खबर
  • .

दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले इटहरीमा फेला पारेको छ ।

उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी फेला पारेको हो ।

बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ ।

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए ।

उनकै कमान्डमा गरिएको अराजक प्रदर्शनले २ जनाको ज्यान लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖