काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान काठमाडौँको वीर अस्पताल पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
पार्टी कार्यक्रमका लागि अछाम पुगेका आचार्य बुधबार एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
