• Friday 30th of October 2026

ओलीसँगको भेटपछि नेपाली भाषामै लेखे मोदीले– भेटघाट फलदायी रह्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको बताएका छन् । बिमस्टेक सम्मेलनका क्रममा बैंककमा शुक्रबार ओलीसँग भेटवार्ता गरेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी गराएका हुन् ।

उनले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको पनि उल्लेख गरेका छन् । नेपाली भाषामै मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल ग¥यौँ ।’

उनले विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖