• Friday 30th of October 2026

प्रहरीसँग रविको अर्को भिडिओः प्रधानमन्त्री बन्न छाडेको मान्छे हुँ, मार्नुहुन्छ भने मार्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं– उच्च अदालतको आदेशपछि शुक्रबार राती रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीको ‘अन्तिम इच्छा’सम्बन्धी भिडिओ भाइरल बन्यो।

पक्राउ गर्न पुगेका प्रहरी अधिकारीसँग विवाद गरेको लामिछानेको अर्को भिडिओ पनि सार्वजनिक भएको छ।

उनले उक्त भिडिओमा आक्रोशपूर्ण हिसाबले भनेका छन्,‘प्रधानमन्त्री बन्न छाडेर हिँडेको मान्छे हुँ, मार्नुहुन्छ भने मार्नुहोस्। तपाईको एउटा या दुईटा फूली बढेर केही हुन्न।’

उनी अगाडि भन्छन्,‘कि त्यस्तो आदेश छ?’

भिडिओमा उनले प्रहरीसँग आफूलाई ५÷१० मिनेट समय दिन आग्रह गरिरहेको देखिन्छ।

अदालतको आदेशलगत्तै प्रहरी पक्राउ गर्न घरमै आइपुगेपछि उनले सामाजिक सञ्जालमा केही लेख्न भन्न समय मागेका थिए।

प्रहरी अधिकारी भन्छन्, ‘होइन।’

उनले भनेका छन्,‘देशको चिन्ता गर्नुस्। पाँच मिनेट, सात मिनेटदेखि १० मिनेटसम्म कुरिदिनुस् हुन्छ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖