• Wednesday 7th of October 2026

वैदेशिक रोजगारीबाट फर्कँदा लगेज आएन, हरायो वा टुटफुट भयो भने यी ठाउँमा सम्पर्क गर्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट फर्कँदा तपाईँ आएकै जहाजमा तपाईँको लगेज(झोला) आएन, हरायो वा टुटफुट भयो भने विमानस्थलमा तोकिएको ठाउँमा सम्पर्क गर्नुपर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वैदेशिक रोजगारीबाट फर्कँदा लगेज प्राप्त भएन, बीचबाटो बाटै हरायो वा टुटफुट भयो भने सामान लिने क्षेत्र छाड्नुअघि नै सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारी वा नेपाल वायुसेवा निगमको लस्ट एण्ड फाउण्ड(lost and found) काउन्टरमा तुरुन्तै सम्पर्क गर्नु पर्छ । काउन्टरमा आफ्नो समस्याबारे जतिसक्दो छिटो जानकारी गराउन विमानस्थलले भनेको छ ।

आफ्नो लगेजको बारेमा जानकारी गराएपछि यदि लगेज नआएको हो भने यस सम्बन्धमा सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारी वा नेपाल वायुसेवा निगमले लगेज प्राप्त हुनासाथ सम्बन्धित यात्रुलाई सम्पर्क गरेर जानकारी दिने विमानस्थलले जनाएको छ ।

सामान हराएको वा टुटफुट भई लगेज प्राप्त भयो भने क्षतिपूर्तिका लागि सम्बन्धित वायुसेवा कम्पनीमा दाबी गर्न सकिने व्यवस्था पनि छ । नेपाल वायुसेवाको हकमा भने यात्रुले एनएसी कस्टुमर सर्भिसेस् डिर्पाटमेन्टमा अनुरोध गर्न सक्छन् ।

यदि यात्राको क्रममा यात्रा बिमा गरिएको छ भने ब्यागेज बुझ्ने ठाउँमा पाएको रिपोर्टको आधारमा बिमा पनि दाबी गर्न सकिन्छ ।

यस्तै विमानस्थलमा सामान हराएमा विमानस्थलमा रहेको lost and found unit मा सम्पर्क गर्नुपर्छ । अथवा ९७७१४११३१६३ मा टेलिफोन गर्न सकिन्छ । यसका साथै lost_Found@tiairport.com.np मा इमेल गरी खबर गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖