• Friday 30th of October 2026

सरकारसँग वार्तामा बस्ने तयारीमा शिक्षक महासंघ


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ चैत । नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्ने तयारी थालेको छ ।

महासंघले वार्ता समिति बनाउन अहिले बैठक बसिरहेको छ । विगतमा भएका मागहरु सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित आठ दिनदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले शिक्षकहरुलाई दुई पटक वार्तामा बोलाइसकेको छ । तर, शिक्षा ऐन जसरी पनि जारी हुनुपर्ने एकशुत्रीय अडान कस्दै आएका शिक्षकहरुले अन्ततः भोलि वार्तामा बस्ने तयारी थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖