• Friday 30th of October 2026

मिडियामा मलाई जोकर बनाइयो- दुर्गा प्रसाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले पुन: आफू नेपालमै रहेको दाबी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबरमा आफु घण्टाभित्रै सार्बजनिक हुन तयार रहेको समेत बताएका हुन् ।

उनले भिडियोमा भनेका छन्- ‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु,’ प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।’

प्रसाईले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको आरोप लगाउदै यसमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने नेता रहेको दाबि गरेका छन् । ती राजावादी व्यक्तिका बारेमा भने पछि खुलासा गर्ने प्रसाईंले बताएका छन् ।

प्रसाईले आफ्नाबारेमा मिडियाहरूमा मिम र जोक बनेको उल्लेख गर्दै धेरै मिडियाहरूमा मलाई जोकर बनाउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖