• Friday 30th of October 2026

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ गरेको छ। लेनदेन बिगो सम्बन्धि कसूरमा उनलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २८ असार ०७९ मा १६ लाख २८ हजार ५०० रुपैयाँ बिगोसहित एक वर्ष कैद सजाय सुनाएपछि फरार रहेका कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो।

स्काई बिल्डर्सका सञ्चालक उनको बिनोदकुमार महत्तोसँग लेनदेन विवादमा अदालतले सो सजाय सुनाएको थियो। सोही विवादपछि महत्तोले कार्कीविरुद्ध मुद्दा हालेका थिए। ६१ बर्षीय कार्की ‘क’ वर्गका निर्माण व्यवसायी हुन्।

उनलाई जिल्ला अदातलको फैसला कार्यान्वायनका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖