• Monday 5th of October 2026

क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा


  • धनकुटा खबर
  • .

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्यानोइङको प्रतिस्पर्धामा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन्।

आज भएको दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ खेलाडी सेमिफाइल समिकरणमा पुग्ने प्रावधान छन्।

उनी पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भएका थिए। पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए।
दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए। दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए।

सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी ६ खेलाडी बाहिनेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖